close

विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

तान्जानियाको प्रेसिजन एयर बुकोबामा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण दुर्घटना भएको विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो ।

उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । विमानस्थलमा विमानको पर्खाइमा रहेका अब्दुल नूरीले विमान पानीमा खसेको देखेको बताए । 

घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूसँग कुरा गर्दा उनीहरूले विमानको पछाडिको ढोका खोलेका कारण केही व्यक्तिलाई विमानबाट बाहिर निकाल्न सफल भएको बताए । 

यो ताल बुकोबा एयरपोर्टको धेरै नजिक छ र यो अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। बिबिसी