close

३८ वर्षीय इलेक्ट्रिसियनले गरे ९० जनालाई बलात्कार

३८ वर्षीय इलेक्ट्रिसियनले गरे ९० जनालाई बलात्कार

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एकजनालाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ ।

जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीय न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो । 
पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ । 

‘उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए । उनले आफ्नै घरमा पनि निशाना बनाए,’ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रिशियन भएको बहाना गर्थे र बलात्कार गर्थे । कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे । ’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए ।