close

ट्रम्प फेरि उठ्ने भए राष्ट्रपतिमा

ट्रम्प फेरि उठ्ने भए राष्ट्रपतिमा

Trulli
ADVERTISEMENT

वासिंगटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

ट्रम्पले अमेरिकालाई गौरवशाली र महान मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेको सिएनएनले जनाएको छ। उनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक कागजात संघीय निर्वाचन समितिलाई बुझाएका छन्।

हालै सम्पन्न मध्यकालीन निर्वाचनमा रिपब्लिकन पार्टीले उत्साही परिणाम ल्याउन नसकेको र आफू निकट उम्मेदवार पराजित भएको अवस्थामा ट्रम्पले उम्मेदवारीको घोषणा गरेका हुन्। सिनेटमा बहुमत ल्याउन नसकेको रिपब्लिकनको कँग्रेसमा भने सामान्य बहुमत छ।

ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्दै मध्यकालीन निर्वाचनको परिणामप्रति असन्तुष्टि समेत जनाएका छन्।

 ‘मतदाताले अझै पनि राष्ट्रको पीडालाई बुझ्न सकेनन्। उनीहरूले २०२४ मा आफ्नो मत परिवर्तन गर्नेछन्,’ ट्रम्पले भने।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई अस्वीकार गर्दै ट्रम्प समर्थित कार्यकर्ताले संसद् भवनमा हमला गरेका थिए। ट्रम्पमाथि संसद्मा भवनमा तोडफोड गराएको अभियोगमा अनुसन्धान भइरहेको छ।