close

नेपालको निर्वाचन व्यवस्थापमा सुधार देखियाे: अध्यक्ष थोउफिक

नेपालको निर्वाचन व्यवस्थापमा सुधार देखियाे: अध्यक्ष थोउफिक

Trulli
ADVERTISEMENT

माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थाप र प्रक्रियामा सुधार देखिएको बताए । उनी मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका थिए ।  

निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि उनले विगतको आफ्नो   अनुभव  सुनाउँदै अहिलेको निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदाताहरूलाई देखाएको सहभागिता र समन्वय उदाहरणीय रहेको बताए । थोउफिकले विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएका थिए ।

उनले काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकका गरी उनले आठ मतदानस्थलको अवलोकन गरेका थिए । उनले नेपालको निर्वाचन प्रणाली र व्यवस्थापनबारे पाइएका असल अभ्यास आफूले माल्दिभ्समा जानकारी गराउने बताएका छन् ।

विकासोन्मुख मुलुकहरूका लागि विद्युतीय मतदान प्रणालीमा जान मतदाताहरू तत्पर भइनसकेको पाइएको उनले टिप्पणी गरे ।

हरेक निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन गरिरहनुभन्दा मतदानस्थलपिच्छे नै मतगणना गर्न सकिने विषयमा नेपालले सोच्नुपर्ने सुझाव समेत उनले दिएका छन्