close

चीन भूकम्प : मृत्यु हुनेको संख्या १३० पुग्यो

चीन भूकम्प : मृत्यु हुनेको संख्या १३० पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । मंगलबार बिहान उत्तरी चीनको कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा करिब ७०० जना घाइते भएका थिए । 

समाचारअनुसार कम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ ।

चिनियाँ समाचार एजेन्सीहरुका अनुसार छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ ।