close

भ्रष्टाचार मुद्दामा गाउँपालिका उपाध्यक्षसहित १० जनालाई सफाइ

भ्रष्टाचार मुद्दामा गाउँपालिका उपाध्यक्षसहित १० जनालाई सफाइ

Trulli
ADVERTISEMENT

सल्यान- कालिमाटी गाउँपालिकाका गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाले सफाइ पाएका छन् ।

सडक निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष सनसिल्ता डि.सी., तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरीबहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी, योजना शाखा प्रमुख जयराम घर्ती, रोजगार संयोजक सुवाश वुढाथोकी, वडा नं. ७ का वडाअध्यक्ष नैन सिंह राना र सव–इन्जिनियर दिपेन्द्र बहादुर शाहीविरुद्ध मुद्दा दायर भएको थियो । 

आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घुइयावारी (रिङरोड योजना) मुलसडक बिस्तार नाला सुधार तथा ग्रावेल योजनामा अनियमितता भएको अख्तियारको दाबी थियो ।

सो योजनाको उपभोक्ता समितिका अध्यक्ष गणेश वुढा, सचिव कृष्णा सार्की र कोषाध्यक्ष गिता कुमारीले पनि सफाइ पाएका हुन् । आइतबार बिशेष अदालतले सो मुद्दाको फैसला सुनाउँदै सबैलाई सफाई दिएको हो ।