close

भोट नदिएको भन्दै एमालेद्वारा महोत्तरीका स्थानीय कुटिए

‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो ताण्डव गर्दा पनि प्रहरी मुकदर्शक बन्यो’ मण्डलले प्रश्न गरे, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’

भोट नदिएको भन्दै एमालेद्वारा महोत्तरीका स्थानीय कुटिए

‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो ताण्डव गर्दा पनि प्रहरी मुकदर्शक बन्यो’ मण्डलले प्रश्न गरे, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’

ADVERTISEMENT

महोत्तरी । निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाईते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले बताएका छन् । 

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचन अघि पनि आफुलाई मतदान नगरे कुटपिट गर्ने धम्कि दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् । 

‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसी पसी गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो’ शर्टभरी रगतका टाटा र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भने, ‘उपचारका गराउन अस्पताल पुगेको थियौं, त्यहि आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’

कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपर छानविन भइरहेको गौशालाका सहायक प्रहरी निरिक्षक भुवन सिं कार्कीले बताए ।

त्रासमा स्थानीय


घट्नापछि स्थानीय रातभर जाग्राम बस्ने गरेको बताएका छन् । को, कतिबेला आएर के गर्ने हो भन्ने चिन्ताले पालैपालो रातभर जागा बस्ने गरेको स्थानीय नरेश मण्डलले बताए । ‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो ताण्डव गर्दा पनि प्रहरी मुकदर्शक बन्यो’ मण्डलले प्रश्न गरे, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन ।’ 

गिरिराजमणि पोखरेलको टिप्पणी : पतनको बाटो

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं महोत्तरी क्षेत्र नं. १ का पराजित उम्मेदवार गिरिराजमणि पोखरेलले सामाजिक सञ्जालमा घट्नाबारे आफ्नो धारणा सार्वजनिक गर्दै निगौलका स्थानीय सुरक्षाको प्रत्याभुति दिलाउन प्रदेश तथा जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको ध्यानाकर्षण गराएको बताएका छन् । पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक प्रक्रियामा सहभागी भएपनि सोच, शैली र व्यवहारमा आपराधिक प्रवृत्ति हुनेहरुको पतन निश्चित छ ।’ पोखरेलले आजै घट्नास्थलमा पुगेर घाइते र स्थानीयसँग घट्नाबारे जानकारी लिएका थिए । 

मधेश प्रदेश गृहमन्त्री पनि घट्नास्थलमा
मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह पनि गौशालाको निगौलमा पुगेर घाईतेको अवस्थाबारे जानकारी लिएका छन् । स्थानीय सामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले भने, ‘यदि स्थानीय प्रशासनबाट पनि त्रुटि भएको रहेछ भने अपराधी, उन्मादीलाई सहयोग गर्ने प्रहरीलाई पनि कारवाहीको प्रक्रिया अगाडि बढाईनेछ ।’