close

उपप्रमुख सेवा सुविधाबाट विद्यार्थीलाई सहयोग

उपप्रमुख सेवा सुविधाबाट विद्यार्थीलाई सहयोग

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले विद्यार्थीहरुलाई कपडा वितरण गरेका छन् । नगर उपप्रमुख बुढाथोकीले वडा नम्बर ६ को श्री तौथली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेको हो । 

नगर उपप्रमुख बुढाथोकीका अनुसार ४० जना विद्यार्थीलाई ट्याक्सुट, टोपी, जुत्ता र मोजा वितरण गरेको हो । उपप्रमुख अधिकारीलाई आफूलाई प्राप्त हुने सेवा र सुविधाबाट विद्यार्थीलाई सहयोग गरेको हो । 

उनले स्थानीय तहको निर्वाचनको पूर्व स्वघोषणा अनुरुप विद्यार्थीलाई सहयोग गरेको जनाइएको छ ।