close

बराहक्षेत्रका संस्थापक मेयर खनालको निधन

बराहक्षेत्रका संस्थापक मेयर खनालको निधन

Trulli
ADVERTISEMENT

सुनसरी- बराहक्षेत्र नगरपालिकाका संस्थापक मेयर निलम खनालको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष समेत रहेका संस्थापक मेयर निलम खनालको निधन भएको हो ।

आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई मंगलबार उपचारका लागि भारत लगिएको थियो ।

खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनले खेमराज पोखरेललाई अध्यक्षमा पराजित गरेका थिए ।