close

सुत्केरी महिलालाई पोषण भत्ता

सुत्केरी महिलालाई पोषण भत्ता

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकाले सुत्केरी महिलालाई नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रम गर्दै स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलालाई नगद हस्तान्तरण गरेको हो । 

गाउँपालिकाकी  अध्यक्ष हिरादेवि शर्माले विभिन्न वडाका स्वास्थ्य चौकिमा पुगेर संस्थागत सुत्केरी भएका आमा, महिलाहरुलाई एक कार्यक्रममा रकम र दुग्धबर्धक आयुर्वेदिक औषधि  शतावरी चुर्ण समेत वितरण गरिएकी हुन् ।

गाउँपालिकाको अनुसार पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सुत्केरी महिलालाई नगद वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष शर्माका अनुसार पालिका क्षेत्रमा होम डेलिभरी अन्त्य गर्नको लागि सो कार्यक्रम सञ्चालन गरेको हो । 

उनले होम डेलिभरीले महिला र बच्चाको स्वास्थ्य अवस्थामा असर पर्ने भएकोले स्वास्थ्य चौकीमै सुत्केरी गराउने नीति लिएको बताइन् । उनले सो कार्यक्रमबाट स्वास्थ्य चौकीमा डेलिभरी बढ्नुका साथै पोसिलो खानेकुरामा समेत सहयोग हुने विश्वास उनको छ । 
 
 गाउँपालिकाले स्वास्थ्य चौकिमा सुत्केरी हुन नसक्ने अवस्था र जोखिममा रहेका गर्भवतीहरुलाई  अन्य अस्पतालमा लैजान निःशुल्क एम्बुलेन्स सेवाको समेत व्यवस्था गरेको उनले बताइन् । उनले सो कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको बताइन् ।