close

जनताले गरेको विश्वासमाथि घात हुँदैन : उपाध्यक्ष रोकाया

जनताले गरेको विश्वासमाथि घात हुँदैन : उपाध्यक्ष रोकाया

Trulli
ADVERTISEMENT

डोटी - आर्दश गाउँपालिकामा सञ्चालित विकास निर्माणको कार्य मापदण्ड अनुरुप हुदैँ आएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले बताएकी छन् । गाउँपालिकाको उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक लक्ष्मी रोकायाले पालिकाभित्र सञ्चालित योजना मापदण्ड अनुरुप नै भइरहेको जनाएकी हुन् । 

पालिकाखबरसँगको कुराकानीमा उनले पालिकाले सञ्चालन गरेको योजनामा अनियमितता नभएको दावी गरिन् । उनका अनुसार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक निर्माण, भवन निर्माणलगायतको योजनाहरु सञ्चालन गर्दै आएको छ । 

योजना सुरु हुनुभन्दा पहिले र सञ्चालन भइसकेपछि आवश्यकताको आधारमा अनुगमन गर्न जाने उनले सुनाइन् । अनुगमनका लागि प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा कार्यालयको वडाध्यक्ष, योजना शाखाको कर्मचारी तथा प्राविधिकसहितको टोली जाने उनले बताइन् ।

प्राविधिकले योजनाको इष्टिमेट, मापदण्ड तथा निर्माण कार्यको मूल्यांकन गर्ने उनले जानकारी दिइन् । योजनामा कुनै अनियमितता गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने उनको दाबी छ । 

अनुगमनको क्रममा आउने समस्यालाई जनताले गरेको विश्वासलाई आधार मानेर समाधान गर्ने उनले बताइन् । आफू जनताको सेवा गर्न आएकोले सबै समस्याको समाधान गरेर अघि बढ्ने उनको प्रतिवद्धता छ ।