close

उपत्यका मेयर्स फोरमको बैठकमा कुलमान घिसिङ

उपत्यका मेयर्स फोरमको बैठकमा कुलमान घिसिङ

Trulli
ADVERTISEMENT

काठमाडौं उपत्यकाका नगरपालिकाहरूको प्रमुख  र उप प्रमुख रहेको   उपत्यका मेयर्स फोरमको बैठक आज टोखा नगरपालिकामा बस्दैछ ।

काठमाडौं उपत्यकामा मेयर्स फोरमा १८ वटा नगरपालिका छन् । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्ती जडानसँग सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्ने कार्यसूची छ । 

त्यस्तै, वातावरणविद् भूषण तुलाधरले काठमाडौंमा स्वच्छ हावासँग सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्ने मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले बताए । 

बैठकमा उपाध्यक्ष सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, महासचिव चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, सचिव टोखाका प्रकाश अधिकारी , कोषाध्यक्षमा तारकेश्वरका कृष्णहरि महर्जनलगायत सहभागी हुनेछन् ।