close

बलात्कारको आरोपमा सुनकाेशीका वडाध्यक्ष फरार

बलात्कारको आरोपमा सुनकाेशीका वडाध्यक्ष फरार

Trulli
ADVERTISEMENT

ओखलढुंगा - सुनकोशी गाउँपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष छविरमण धमला फरार भएका छन् । उनीविरुद्ध  आइतबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी गरेसँगै उनी फरार भएका हुन् । 

उनीविरुद्ध शुक्रबार २५ वर्षीया युवतीले आफूमाथि बलात्कार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सो घटनाबारे जानकारी लिन पालिकाखबरले वडाध्यक्ष धमलासँग सम्पर्क गर्न खाेज्दा उनकाे मोबाइल 'स्वीच अफ' आएकाे छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रकाश सापकोटाले घटनाबारे आफूलाई विस्तृत जानकारी नभएको पालिकाखबरलाई बताए ।  आफू पारिवारिक कार्यले एक सातादेखि काठमाडौंमै रहेकोले सोबारे जानकारी नभएको उनले सुनाए । 'मैले पनि भर्खरै समाचारबाट यो जानकारी पाएको हुँ । विस्तृतमा के भएको हो मलाई थाहा छैन,' उनले भने । 

आफू व्यस्त भएकाले घटनाबारे पालिकाका कोही व्यक्तिसँग सम्पर्क नभएको उनले बताए ।