close

नगरप्रमुखको रचनात्मक विरोध गर्ने बालकलाई नगरपालिकाकै सम्मान (भिडियोसहित)

नगरप्रमुखको रचनात्मक विरोध गर्ने बालकलाई नगरपालिकाकै सम्मान (भिडियोसहित)

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा- नगरपालिकाको समस्या र्‍याप गीतमार्फत प्रस्तुत गर्ने १२ वर्षीय बालकलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । 

किसानले फलाएर बेच्न लगेको तरकारी तथा फलफूल विक्री गर्ने स्थल नभएकोले कहिले बन्छ ? भनेर र्‍‍याप गीतमार्फत सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललाई प्रश्न गर्ने बिगुटार माद्यमिक विद्यालयको कक्षा-७ मा अध्ययनरत निमाराप्चेन शेर्पालाई नगरपालिकाले नगद ३ हजारसहित सम्मान गरेको हो । 

केही दिनअघि कृषकको गुनासो र नगरपालिकाको जनप्रतिनिधिबाट लिएको आशासहित शेर्पाले गाएको र्‍‍याप गीत समाजिक सञ्जालमा भाइरल भएको थियो । शेर्पाले र्‍‍याप गीत र्फत नगरपालिकाको हटिया क्षेत्रमा कृषकहरुले कहिले सहज रुपमा तरकारी बेच्न पाउने भन्दै नगरप्रमुख तेजेन्द्र खनाललाई प्रश्न गरेका थिए । 

यस विषयमा नगरप्रखु खनाल पालिकाखबरसँग भन्छन्,‘मलाई यो सुझाव रचनात्मक लाग्यो । समस्याको समाधानबारे नगरपालिकाले पहल गर्दा गर्दै बालकले थप तीव्र रुपमा काम गर्न दबाव दिएको हुँदा भेटेर सम्मान गरिएको हो । सही समस्याको बारेमा सही तरिकाले सुझाव र विरोध गर्ने सबैलाई नगरपालिकाले सधैं सम्मान र मनन गर्छ ।’ 

नगरपालिका- ७ की वडा सदस्य फूलछोकी शेर्पाले उनले गाएको गीतको भिडियो बनाएर समाजिक सञ्जाललमा पोष्ट गरेपछि उनी एकाएक भाइरल बनेका थिए ।