close

भूकम्पमा परी नलगाडकी उपप्रमुख सरिता सिंहको मृत्यु

भूकम्पमा परी नलगाडकी उपप्रमुख सरिता सिंहको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं- शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जाजरकोट सदरमुकाम खलंगामा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तीमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।