close

खोटाङको हलेसी तुवाचुङद्वारा भूकम्प पीडितलाई साढे ११ लाख सहयोग

खोटाङको हलेसी तुवाचुङद्वारा भूकम्प पीडितलाई साढे ११ लाख सहयोग

Trulli
ADVERTISEMENT

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले जाजरकोट भूकम्प पिडितको नाममा ११ लाख ५१ हजार १०० रुपैयाँ राहत रकम पठाएको छ ।

नगरपालिकाका जनप्रतिनिधि ६०, कर्मचारी र शिक्षक गरी ७०४ जनाको दुई दिनको तलब तथा सेवासुविधा कट्टा गरी भूकम्प पिडितको नाममा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा मंगलबार जम्मा गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले पालिकाखबरलाई बताइन्‌ ।

आइतबारको बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको बैठकले जनप्रनितिधि र कर्मचारीको दुई दिनको सेवासुविधा तथा तलबबाट कट्टा गरेर भूकम्प पिडितको नाममा पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज रकम जम्मा गरिएको हो ।