close

ढिलो अफिस आउने कर्मचारीलाई व्यंग्यत्मक उपहार

ढिलो अफिस आउने कर्मचारीलाई व्यंग्यत्मक उपहार

Trulli
ADVERTISEMENT

दाङ - लमही नगरपालिकाले ढिला कार्यालय आउने कर्मचारीलाई फूलको गुच्छासहित स्वागत गरेको छ । नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले कार्यलय समयभन्दा ढिलो आउने कर्मचारीलाई स्वागत गरेका हुन् ।

कर्मचारीलाई आफूले पटक पटक समयमा आउन मौखिक अनुरोध गरे पनि नटेरेपछि कार्यालयको द्धारमा बसेर स्वागत गरेको उनले बताए । उनले भने, ‘कार्यालय समयमा आउन पटक पटक मौखिक अनुरोध गरे तर मान्नु भएन । त्यसैले आज ढोकामा बसेर स्वागत गरेँ ।’

चौधरीले आफू बिहान सवाँ १० बजेदेखि पौने ११ बजेसम्म कर्मचारीलाई कुरेर स्वागत गरेको उनले पालिकाखबरलाई सुनाए । आफूले मुस्कानसहित २० जना कर्मचारीलाई स्वागत गरेको उनको भनाइ छ । 

कर्मचारीलाई अनुशासित बढाउनका लागि सो गरेको उनको भनाइ छ । आवश्यक भएमा भोलि बुधबार पनि स्वागत गर्न बस्ने उनले सुनाए ।