close

'व्यस्तताले माइत जान भ्याउँदिन'

'व्यस्तताले माइत जान भ्याउँदिन'

Trulli
ADVERTISEMENT

सप्तरी– सरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरी हरेक वर्ष भाइटीका मनाउन माइत जान्थिन् । तर, उनी स्थानीय सरकारप्रमुख भएयता  माइत जान पाएकी छैनन् । 

व्यस्तताको कारण नवलपरासीमा रहेको माइतीघर जानलाई नभ्याउने उनले बताइन् । उनले भनिन्, ‘दाजुभाइ सबैजना आ–आफ्नो काममा व्यवस्त हुनुहुन्छ । मेरो माइती टाढा छ । म पनि टीका लगाउन जान भ्याउँदिन ।’ भाइटीका नमनाएरै यस वर्षकाे तिहार मनाउने उनले बताइन् । 

तिहार विगतमा जस्तै गरी मनाउने भए पनि जनप्रतिनिधि भएपछि चाडबाडको समयमा जिम्मेवारी बढेको उनको अनुभव छ । यस वर्षको तिहार पालिकावासी कृषकहरूसँग साँझबिहान भलाकुसारी गरेर बिताउने योजना रहेको उनले सुनाइन् । ‘यहाँ किसान धेरै हुनुहुन्छ । धान काट्ने समय भएकाले व्यस्त हुनुहुन्छ । बिहान, बेलुका चियापान गछौँ ।’ 

साथै चाडबाडको अवसरमा यहाँ विभिन्न खेल प्रतियोगिता हुने भएकाले त्यता पनि समय दिनुपर्दा थप व्यस्त रहेको उनले बताइन् । पालिकामा फूटबल, भलिबल खेलको आयोजना भइरहेका छन् । 'पालिकाभित्र चाडबाडको समय भएकाले युवाहरु घर फर्किएका छन् । यही अवसरमा क्लबहरूले विविध प्रतियोगिता आयोजना पनि गर्ने हुँदा रमाइलो माहोल छ । शुक्रबार र शनिबार वडास्तरीय भलिबल प्रतियोगिता आयोजना भएको थियो ।'