close

बुढीनन्दाका नगरप्रमुख मटिहानीमा

बुढीनन्दाका नगरप्रमुख मटिहानीमा

Trulli
ADVERTISEMENT

महोत्तरी – बुढीनन्दा नगरपालिका, बाजुराका जनप्रतिनिधिले मटिहानी नगरपालिकाको अवलोकन गरेका छन् ।

बढीनन्दाका नगर प्रमुख जनककुमार बोहरा र  प्रमुख प्रशासकीय अधिकृत संतोष कुमार साहले शनिबार मटिहानीको अवलोकन भ्रमण गरेका हुन् । 

उनीहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडलले सम्मानसहित स्वागत गरेका छन् । बढीनन्दाका नगर प्रमुख जनक कुमार बोहराले मटिहानीस्थित लक्ष्मी नारायण मन्दिरमा पूजा गर्नुका साथै नेपालकै सबभन्दा जेठो गुरुकुल राजकीय संस्कृत मावि र मटिहानीमा रहेको  नेपालको सबैभन्दा अग्लो नेपालको झण्डाको पनि अवलोकन गरेका छन् ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुखले नगरपालिकको भ्रमणका साथै मटिहानीका नगर प्रमुख हरि प्रसाद मंडललाई बुढीनन्दा नगरपालिका भ्रमणका लागि निम्तो दिएको  बताइएको छ ।