close

फागुनमा अमिनको रिजल्ट : मंसिरमै वडाध्यक्ष पास !

फागुनमा अमिनको रिजल्ट : मंसिरमै वडाध्यक्ष पास !

Trulli
ADVERTISEMENT

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-१४ का वडाध्यक्ष देवबहादुर रोकायाले लोकसेवा आयोग परीक्षामा नाम ननिस्केको बताएका छन् । 

लोकसेवाको परीक्षा पास गरेको भन्दै गोरखापत्रले समाचार सम्प्रेषण गरेपछि अध्यक्ष रोकायले उक्त समाचारमा उल्लेख भएजस्तो आफूले लोकसेवाको कुनै पनि परीक्षा पास नगरेको दाबी गरेका हुन्‌।

वडाध्यक्ष रोकायाले पालिकाखबरसँग भने, 'मैले लोकसेवाको कुनै पनि परीक्षा पास गरेको छैन । मैले यही साल अमिनको परीक्षा दिएको चाहिँ सत्य हो ।  लोकसेवाको वार्षिक क्यालेन्डर अनुसार फागुनतिरमात्र रिजल्ट आउँछ ।’

*यसअघि अन्यथा भएको हुँदा सच्याइएको -सम्पादक