close

जातीय विभेद तथा छुवाछूत कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना

जातीय विभेद तथा छुवाछूत कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौँं - पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद तथा छुवाछूतको कसुरमा सजाय तोकिएको छ । जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

बिहीबार न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासबाट पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई वडा अध्यक्ष अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।

दलित महिला सदस्य नेपालीले आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि  कानुनी उपचार खोजेकी थिइन् । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।