close

आज मल्लरानीमा शोक बिदा

आज मल्लरानीमा शोक बिदा

Trulli
ADVERTISEMENT

प्यूठान– मल्लरानी गाउँपालिकाले वडा सदस्यको मृत्युमा शोक बिदा दिएको छ । गाउँपालिकाको वडा नं ३ का वडा सदस्य दामोदर नेपालीको मृत्युमा गाउँपालिकाले आज शोक बिदा दिएको हो ।

वडा सदस्य नेपालीको बिहिबार ऐरावती गाउँपालिका वडा नं २ बरौलामा बैवाहिक कार्यक्रममा सहभागी हुने क्रममा जन्ती सवार गाडीले ठक्कर दिएको थियो । सो दुर्घटनामा परि घाइते भएका नेपालीको उपचारको क्रममा प्यूठान अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

वडा सदस्य नेपालीको निधनमा शोक मनाउँदै आज गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै पालिका कार्यलय र वडा कार्यलयको सेवा बन्द गरेको छ ।