close

संघीयतालाई बलियो बनाउन राजनीतिक दल जिम्मेवार बन्नुपर्छ : नगरप्रमुख ढकाल

संघीयतालाई बलियो बनाउन राजनीतिक दल जिम्मेवार बन्नुपर्छ : नगरप्रमुख ढकाल

Trulli
ADVERTISEMENT

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले सङ्घीयतालाई बलियो बनाउनका लागि राजनीतिक दलहरू र सरकार सञ्चालकहरू जिम्मेवार हुनुपर्ने बताएकी छन् । 

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेकी छन्,"...जिम्मेवार र परिपक्क बन्दै कानुनी राज्यलाई अझ बलियो बनाउदै अघि बढ्नु पर्नेछ... सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुकाे गतिविधि सधै निगरानी गरिनुपर्छ । उनीहरूले सम्पादन गरेका जिम्मेवारी र ती विषयहरु प्रति असहमति जनाउन सकिन्छ । तर कानुनलाई आफ्नो हातमा लिदै कानुन मान्दिन भन्दै गरिने जस्तोसुकै गतिविधि कानुनको दृष्टिकोणले अपराध मानिन्छ"

नेपालमा सङ्घीयता लागु भएको ६ वर्ष हुँदा अमेरिकामा २०० वर्ष भन्दा बढी भइसकेकफ उनले उल्लेख गरेकी छन् । लामो समय सङ्घीयताको अभ्याविवस गरेका देशहरूमा एक किसिमको सिस्टमको विकास भएको छ भने नेपालमा अझै संविधान अनुसार ऐन नियम, नियमावली पूर्ण रूपमा बनिसकेको अवस्था नभएको उनको भनाइ छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विश्वको सर्वोत्कृष्ट व्यवस्था भएको बताउँदै संघियतालाई बलियो बनाउन राजनीतिक दल र सरकार सञ्चालन गर्नेहरूले सधैँ जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड छ ।