close

सानीभेरी गाउँपालिका ५ का वडा अध्यक्ष खनालको निधन

सानीभेरी गाउँपालिका ५ का वडा अध्यक्ष खनालको निधन

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ । ४१ बर्षका वडा अध्यक्ष खनालको आज सोमबार बिहान काठमाडौ स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको  समस्याले ग्रसित मृतक खनालको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । खनाल नेपाली काँग्रेसबाट  निर्वाचित जनप्रतिनिधि हुन् । 

मृतक अध्यक्षका दुई छोरा र  श्रीमती  छन् । खनालको शवलाई आजै गृह जिल्ला रुकुम पश्चिम ल्याएर अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाईएको छ ।