close

‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गर्ने योजनामा सान्नी त्रिवेणी

‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गर्ने योजनामा सान्नी त्रिवेणी

Trulli
ADVERTISEMENT

कालिकोट– सान्नी त्रिवेणी गाउँपालिकाले ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाअन्तर्गत हरेक वडामा ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गरिने अध्यक्ष मोहनबहादुर केसीले बताए । चालु आव २०८०/८१ बाट हरेक वडाका वडाध्यक्षसंग जनता कार्यक्रमसञ्चालन गर्ने योजना रहेको अध्यक्ष केसीले पालिकाखबरलाई बताए ।

कार्यक्रमका लागि बजेट विनियोजन गरिसकेको तथा आउँदो फागुन, चैत र बैशाख महिनाबाट लागु गरिने उनले बताए । गाउँपालिकाअन्तर्गतका ‘हरेक वडाका वडाध्यक्ष गाउँघरमा गएर जनताका समस्याबारे बुझेर उहाँहरुले नै समाधान गर्ने योजना छ’ उनले भने । वडाध्यक्षकोे समयअनुसार कार्यक्रम गर्नेछन उनले बताए । आ-आफ्नो वडामा जनताका वास्तविक समस्या बुझेर समाधान हुन्छ । कार्यक्रमलाई प्रभावकारी बनाउने अध्यक्षको विश्वास छ ।