close

प्रत्येक मृतकको घरमा सहानुभूति दिन पुग्छन् पालिका अध्यक्ष कार्की

प्रत्येक मृतकको घरमा सहानुभूति दिन पुग्छन् पालिका अध्यक्ष कार्की

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की सर्वसाधरणको निधनमा भ्याएसम्म परिवारकाे घरमै पुगेर समवेदना प्रकट गर्छन् । पालिका अध्यक्षमा निर्वाचित भएयता उनले पालिकाभित्रका कयौँ परिवारलाई प्रत्यक्ष भेटेर समवेदना प्रकट गरिसकेको छन् । 

अध्यक्ष कार्कीले सोमबार मात्र वडा नं ७ र ८ का दुई परिवारसँग भेटघाट गरेर समवेदना प्रकट गरेका छन् । वडा नं ८ का मोहनसिंह लाम्टाङ्गे को ५५ वर्षको उमेरमा गत माघ २९ गते निधन भएको थियो भने वडा नं ७ डवकी ७९ वर्षीय खगीसरा थामीको गत माघ २९ मा निधन भएको थियो ।  

अध्यक्ष कार्कीले लाम्टाङ्गे र थामी परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न उनीसँगै वडा नं ८ का पूर्व वडाध्यक्ष नारायणबहादुर लाम्टाङ्गे तथा पालिकाका रोजगार सहायक शिव प्रसाद पोखरेलसमेत पुगेका थिए । 

समय मिलेसम्म स्थानीयको दुखद् समयमा साथ दिन पुग्ने गरेको बताउँदै अध्यक्ष कार्की भन्छन्, ‘पालिकाभित्रका सबै स्थानीय मेरा परिवार हुन् । समय मिलेसम्म उहाँहरुलाई भेटेर अवस्था बुझ्छु र आवश्यक परे सकेको सहयोग गर्छु ।’