close

वीरगन्ज महानगरका संस्थापक मेयर सरावगीद्वारा एमाले परित्याग

वीरगन्ज महानगरका संस्थापक मेयर सरावगीद्वारा एमाले परित्याग

Trulli
ADVERTISEMENT

पर्सा-  वीरगन्ज महानगरपालिकाका संस्थापक मेयर विजय कुमार सरावगीले एमाले प्रवेश गरेको तीन बर्ष नपुग्दै पार्टी छाडेका छन् । पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका हुन् ।

०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताए । 

उनले राजीनामा पत्रमा लेखेका छन्, ‘बितेको ०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी र पार्टीका अध्यक्षप्रति सधैँ ऋणी रहनेछु, त्यसपछि पार्टीले केन्द्रीय सल्लाहकारमा मनोनीत भएँ । त्यसको लागि पनि आभारी छु । 

तर केन्द्रीय सल्लाहकारमा पार्टीले दिएको भूमिकाले राजनीतिमा सक्रिय भन्दा पनि निष्क्रिय बनाएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय राजनीतिमा हराएको छु, मेरो मूल्याङ्कन सही ढङ्गले भएन । त्यस कारण अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुँ ।’ 

संस्थापक मेयर सरावगी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो पटक भएको स्थानीय तहको चुनावमा उनी एमालेबाट मेयरका उम्मेदवार बनेका थिए ।