close

नारी दिवसको अवसरमा जलजलामा लोकगीत प्रतियोगिता

नारी दिवसको अवसरमा जलजलामा लोकगीत प्रतियोगिता

Trulli
ADVERTISEMENT

पर्वत– जलजला गाउँपालिकाले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न प्रतियोगिता गरेर मनाउने भएको छ । गाउँपालिकाले ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ विषयमा लोकगीत प्रतियोगिता तथा घैँटो फुटाउने खेल सञ्चालन गर्न लागेको हो । 

कार्यक्रम शुक्रबार बिहान १० बजेदेखि गाउँपालिकाको कार्यालयमा सञ्चालन हुने छ । लोकगीत प्रतियोगिताको लागि वाद्यवाधन गाउँपालिकाले उपलब्ध गराउने जनाएको छ । प्रतियोगितामा एक समुहमा कम्तीमा ५ जना हुनुपर्ने तथा नृत्य अनवार्य हुनुपर्ने तथा गीतको टुक्का बढिमा ८ वटासम्म हुनुपर्ने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएको छ । 

पालिकाले लोकगीत प्रतियोगितामा प्रथम हुने समुहलाई १५ हजार रुपैयाँ, दोस्रो हुने समुहलाई १२ हजार रुपैयाँ, तेस्रो हुने समुहलाई आठ हजार रुपैयाँ तथा पाँच हजार रुपैयाँ पुरस्कारका साथै प्रमाण पत्र वितरण गर्ने छ । यस्तै घैँटो फुटाउने प्रतियोगिताको बिजेतालाई तीन हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।