close

ठूलादुर्लुङमा भलिबल प्रतियोगिता

ठूलादुर्लुङमा भलिबल प्रतियोगिता

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुरको महाँकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङमा खुला मैत्रीपूर्ण वडास्तरीय भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

 

वडा नम्बर ६ को वार्षिक कार्यक्रमअनुसार ठूलादुर्लुङ युथ क्लबको आयोजना र महाँकाल गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिता १९ माघसम्म चल्नेछ । 

 

वडाध्यक्ष रामकृष्ण आचार्यले उक्त प्रतियोगितामा १६ वटा टिम सहभागी भएको जानकारी दिए । आचार्यले शुक्रबार प्रतियोगिता उद्घाटन गरेका थिए भने १९ माघमा गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले समापन गर्नेछन् ।

 

प्रतियोगितामा सहभागीमध्येबाट प्रथम हुने एउटा टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल, द्वितीय हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल एवं तृतीय हुने २ टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष सुकमार लामाले जानकारी दिए । 


प्रतियोगितामा क्षेत्रीय स्तरका रेफ्री धीरेन्द्र चौधरी, टेकबहादुर थोकर, राजकुमार घलान, सुरेश घिमिरे, राजकुमार सिन्तान सहभागी छन् । उद्घाटन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, वडा सदस्यलगायत सहभागी थिए ।