close

गोदावरी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

गोदावरी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

Trulli
ADVERTISEMENT

ललितपुर- गोदावरी नगरपालिकाको चालु आर्थिक वर्षको आठौं हिउँदे नगरसभा सम्पन्न भएको छ । नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चालु आवको अर्धवार्षिक कार्य प्रगति विवरण समीक्षा पेश गरे ।   बजेटका केही शीर्षकहरु संशोधन तथा रकमान्तर गर्नु परेको नगरप्रमुख महर्जनले बताए ।

 

यसै गरी छलफल भई मस्यौदा तयार भएका नगर विकास स्वयम् सेवक परिचालन कार्यविधि २०७७, नगर स्तरीय विपद् प्रतिकार्य तथा पूर्व तयारी योजना २०७७, नगरस्तरीय लैङ्गिक तथा समान सामाजिक समावेशी नीति २०७७ समेत विभिन्न ऐन, नियम र कार्यविधिमाथि छलफल भएको छ । 

 

यस्तै मस्यौदा तयार हुन बाँकी विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७, व्यवसाय कर सम्बन्धी कार्यविधि २०७७, घरजग्गा बहालकर व्यवस्थापन कार्यविधि २०७७, सहकारी नियमवाली २०७७, सहकारी कार्यविधि २०७७, खानेपानी उपभोक्ता समिति सञ्चालन कार्यविधि २०७७ र जग्गा खण्डीकरण तथा मापदण्ड निर्धारण कार्यविधि २०७७ माथि समेत छलफल भएको नगरप्रमुख महर्जनको भनाइ छ ।

 

सभामा नगर उपप्रमुख मुना अधिकारी, कार्यपालिका बोर्ड, निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो ।