close

मन्त्री झाँक्रीले गरिन् धोबीखोला करिडोर अनुगमन

मन्त्री झाँक्रीले गरिन् धोबीखोला करिडोर अनुगमन

Trulli
ADVERTISEMENT

काठमाडौं–सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर अनुगमन गरेकी छन् । अनुगमनका क्रममा मन्त्री झाँक्रीले धोबीखोला करिडोर वरपर सडकमा राखिएका निर्माण सामग्री हटाउन लगाएकी छन् । धोबीखोला क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गर्दै आएका छन् । 

 


स्थानीयको गुनासोपछि त्यस क्षेत्रमा सडक ओगेटर राखिएका निर्माण सामग्री डोजर लगाएरै हटाइएको हो । काठमाडौं उपत्यका विकास प्राधिरणका नायब विकास आयुक्त नारायण भण्डारीले डोजर लगाएरै करिडोरको सडक ओगेटर राखिएका निर्माण सामग्री हटाइएको जानकारी दिए । ‘यहाँबाट उठाएर लगिएका निर्माण सामग्री खाली स्थानमा राखिन्छ,’ उनले भने, ‘हामीले राखेको निर्माण सामग्री लिन आउनेलाई एक पटक दिन्छौँ । पुनः यसैगरी सडक ओगटेर राखे जरिमाना लगाउँछौँ ।’

 

धोबीखोला करिडोर सडक छेउछाउमा सिमेन्ट, इँटा, पानीट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवाजस्ता निर्माण सामग्री राखिएका थिए । सडक फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसलसमेत हटाइएको भण्डारीले बताए ।


काठमाडौंको अनामनगर क्षेत्रमा धोबीखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्दा र पसलले सामान राख्दा सडक क्षेत्र अतिक्रमित भइरहेको छ । यसले सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका छन् ।