close

कटारीमा बुद्ध पार्क उद्घाटन

कटारीमा बुद्ध पार्क उद्घाटन

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ स्थित भोर्लेमा तामाङ समुदायले मनाउने २८५८औँ सोनाम ल्होछार (बाघ वर्ष) अवसरमा बुद्ध पार्क उद्घाटन गरिएको छ । कटारी नगरपालिकाको १६ लाख रुपैयाँ लागतमा निर्मित बुद्धको मूर्तिसँगै पार्क उद्घाटन गरिएको हो ।

 


कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहेको र कटारीलाई बुद्धको नगरको रूपमा चिनाइने जानकारी दिए ।

 

मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए । कटारीमा पनि सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ संघ कटारीले तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्व ल्होछारको शुभकामना आदान–प्रदान गर्दै मनाएको हो । कटारी नगरपालिका वडा नम्बर ३ को राजावासस्थित साँगे छोयलिङ बौद्ध गुम्बा परिसरमा तामाङ समुदाय भेला भई ल्होछार मनाएका हुन् ।