close

प्रदेश सरकारले छान्यो लमजुङका तीन घरबास

प्रदेश सरकारले छान्यो लमजुङका तीन घरबास

Trulli
ADVERTISEMENT

लमजुङ–गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीन घरबास छनोट गरेको छ । प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास (होमस्टे) लाई परियोजनाका लागि छनोट गरेको हो ।


प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो । छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीसहर नगरपालिका वडा नम्बर ३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका वडा नम्बर ३ को कुडुले सामुदायिक घरबास (राइनास होमस्टे) र बेँसीसहर नगरपालिका वडा नम्बर ६ को पुमागाउँ सामुदायिक घरवास रहेका छन् ।