close

अखाद्य वस्तुको डम्पिङ साइट बने जुम्लाका साना बजार

अखाद्य वस्तुको डम्पिङ साइट बने जुम्लाका साना बजार

Trulli
ADVERTISEMENT

जुम्ला–म्याद नाघेका अखाद्य वस्तुले जुम्लाका साना बजार डम्पिङ साइट बनेका छन् । बजार अनुगमन गर्ने निकायको तिनै साना बजारमा नजर पर्दैन भने सदरमुकामदेखि टाढा भएकाले नियन्त्रणको पहुँच बाहिरै हुन्छन् । 

 

जुम्लाको सिंजा, चौधबिस, पानसय, भेरीखोला भेगमा थुप्रै साना बजार छन् । ठूला बजारका व्यापारीले म्याद नाघेका, म्याद गुज्रिन थालेका दैनिक उपभोग्य सामग्री तिनै साना बजारमा पठाउने गर्छन् । 


लामो समयपछि जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूला बजारमा १५ जना व्यवसायीको म्याद नाघेका सामान जलाएर नष्ट गरिएको छ ।


कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी राजमार्गमा पर्ने गोटिज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु तथा सामान भेटिएको हो । 


व्यवसायीले तीन वर्ष यताबाट म्याद नाघेका खुद्रा सामग्रीहरू बेच्दै गरेको पाइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने यस्ता म्याद नाघेका सामग्री बेचविखनका विषयमा ठुला डिलरवाला व्यवसायीलाई पनि सचेत गराउने छौँ । 


अब देखि बजारमा खाद्य, खुद्रा र मेडिकलले सामान खरिदबिक्री गर्दा मिति हेरेर किनबेच गर्नु पर्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालले बताइन् । उनका अनुसार गोठीज्य्ूला बजारमा खुद्रा सामग्री चाउचाउ, बिस्कुट, चक्लेट, चिसो फेन्टा जुसलगायत वस्तु  जलाएर नष्ट गरिएको हो ।


१५ व्यवसायीको कुल सामानको मूल्य ६० हजार रुपैयाँ बराबरको क्षति भएको रिजालले बताइन् । केही व्यवसायी सामानमा लेखिएको मिति हेर्न नआएको र आएकाले लुकाइ–छिपाइ गाउँघरमा सामान बेच्ने गरेको उनको भनाइ छ ।