close

३ महिनापछि बस्दै प्रदेश १ को संसद् बैठक 

३ महिनापछि बस्दै प्रदेश १ को संसद् बैठक 

Trulli
ADVERTISEMENT

मोरङ–प्रदेश १ को संसद् बैठक ३ महिनापछि आइतबार बस्दै छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित प्रदेससभा बैठक बस्न लागेको हो ।

 

राईले गत १ मंसिरमा विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित संसद्को नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

 

बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथिको छलफल रहेको उनले जानकारी दिए । ३ महिनापछि बैठक बसेका कारण दलका नेताहरूले पनि सम्बोधन गर्ने तयारी छन् ।