close

एमाले प्रवेश गरे वीरगञ्ज महानगर प्रमुख सरावगी 

एमाले प्रवेश गरे वीरगञ्ज महानगर प्रमुख सरावगी 

Trulli
ADVERTISEMENT

पर्सा–वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले सरावगीलाई एमाले प्रवेश गराएका हुन् । उनीसँगै चार जना वडाध्यक्ष पनि एमाले प्रवेश गरेका छन् ।

 

वीरगञ्जमा जनसहभागितासहित पार्टी प्रवेशको कार्यक्रम राखिएको थियो । कार्यक्रममा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायत थिए । सरावगी जनसपाबाट महानगरमा निर्वाचित भएका थिए ।