close

आईपीएलमा मुम्बईको पहिलो जित

आईपीएलमा मुम्बईको पहिलो जित

Trulli
ADVERTISEMENT

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ खेलमा हारको यात्रा अन्त्य गरेको छ । मुम्बई इन्डियन्स पाँच पटक च्याम्पियन भइसकेको टिम हो । 


जितको लागि १५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । मुम्बईको जितमा सूर्यकुमार यादवले ३९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । तिलक बर्माले ३० बलमा १ चौका र २ छक्कासहित ३५ रन बनाए ।

तेस्रो विकेटका लागि सूर्य र तिलकले ५६ बलमा ८१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ईशान किशनले १८ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोड्दै राम्रो इनिङ खेलेका थिए । रोहित शर्मा २ रनमा आउट भए ।

टिम डेविड ९ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । काइरन पोलार्ड १० रनमा आउट भए । 
राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । 

खेल तालिकामा गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ ।