close

रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि

रियल म्याड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पान्योलमाथि सानदार जित निकाल्दै रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ । घरेलु मैदानमा स्पान्योललाई ४–० ले पराजित गरेपछि रियल चार खेलअघि नै च्याम्पियन बन्न सफल भएको हो ।

 

स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले समान एक गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

 

खेलको ३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवात अग्रता दिलाए । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

 

५५औं मिनेटमा मार्को एसेन्सियोले इडुआर्डो कामाभिंगाको पासमा गोल गर्दै रियललाई सहज जिततर्फ अग्रसर गराए ।  ८१औं मिनेटमा परिवर्तित फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे ।

 

यो सिजन च्याम्पियन बन्ने क्रममा रियलले ३४ खेल खेल्दा २५ मा जित, ६ बराबरी र ३ हारको नतिजा निकाल्यो ।