close

हावाहुरीका कारण १४ लाखभन्दा बढीको क्षति

हावाहुरीका कारण १४ लाखभन्दा बढीको क्षति

Trulli
ADVERTISEMENT

महोत्तरी । गएराति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाखभन्दा बढीको क्षति भएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित  कुलदीप निमाविको पूरै छाना उडाउँदा चार लाखको क्षति भएको हो ।


त्यस्तै सोही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा तीन लाख ५० हजारको क्षति भएको छ । हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ९५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति १४ लाख पाँच हजार बराबरको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।