close

क्याम्प छाडेका १० खेलाडीको न्यायका लागि अनुनय

क्याम्प छाडेका १० खेलाडीको न्यायका लागि अनुनय

Trulli
ADVERTISEMENT

काठमाडौं । अन्याय भएको भन्दै राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीले खेलकुद मन्त्रालयमा आफूहरूलाई न्याय दिन अनुरोध गरेका छन् । 

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दुर्व्यवहारका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका उनीहरुले सोमबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर यस्तो अनुरोध गरेका हुन् । 

 

उनीहरूले आजै राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेट गर्दैछन् । 

 

अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वले विवाद समाधानका लागि प्रयास नगरेको खेलाडीले उपल्ला निकायमा प्रष्टीकरण दिन थालेका छन् ।

 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सुविधाको कुरा गर्दा नेपाल आएका कुवेती प्रशिक्षकले क्याम्प छाडेर जान भनेको आरोप उनीहरूको आरोप छ ।