close

ओभरटेक गर्दा धादिङमा दुर्घटना

ओभरटेक गर्दा धादिङमा दुर्घटना

Trulli
ADVERTISEMENT

काठमाडौं  । धादिङको थाक्रे गाउँपालिका–१ स्थित  खयरघारीमा सडक दुर्घटना भएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् ।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी आपसमा ठोक्किएको हो ।

बसले ओभरटेक गर्ने क्रममा ट्याक्सीसँग ठोक्किएको प्रहरीले जनाएको छ । ट्याक्सी​मा रहेका चार जना घाइते भएका हुन् ।

घइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्ने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।