close

हिमाली गाउँपालिकाले घर-घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

हिमाली गाउँपालिकाले घर-घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

Trulli
ADVERTISEMENT

बाजुरा । हिमाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घर-घरमै पुगेर वितरण गर्ने घोषणा गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममै उक्त व्यस्था गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।

अध्यक्ष मल्लले भने, 'अपांगता तथा जेष्ठ नागरिक र अन्य तर्फ बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता घर-घरमै वितरण गरिने कार्य अगाडि बढाइने छ ।'

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई सहज होस् भन्नका लागि सबै वडामा घर-घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिन लागेको हो ।

गाउँबाट बैंकसम्म आवत-जावत गर्न निकै कठिनाइ हुने हुँदा सहजीकरणको लागि गाउँ-घरमै भत्ता दिने व्यवस्था नीति तथा कार्यक्रममा आवश्यकता अनुसार अगाडि बढाइने अध्यक्ष मल्लले बताए ।

गाउँपालिकाका ६५ वर्षभन्दा माथि र ७० वर्षभन्दा तलका जेष्ठ नागरिक र 'ग' र 'घ' वर्गका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिनका लागि आवश्यक बजेटको व्यवस्था गरिने अध्यक्ष मल्लले जानकारी दिए ।