close

हाम्रो पात्रो आजबाट १३औं वर्षमा प्रवेश

हाम्रो पात्रो आजबाट १३औं वर्षमा प्रवेश

Trulli
ADVERTISEMENT

काठमाडौं । हाम्रो पात्रो आजबाट १३औं वर्षमा प्रवेश गरेको छ। एउटा नेपाली युवाले व्यक्तिगत प्रयोजनका लागि नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको जमर्को हाम्रो पात्रोमा रपान्तरण भएको थियो ।  

आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका सुविधा थपिएका छन्।  सन् २०१० मा आईओएसमा रिलिज भएको पात्रो सन् २०१२ मा एड्रोइडमा रिलिज भएको थियो। 

सन् २०१५ मै १० लाख भन्दा बढी डाउनलोड भएको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन सफल भएको थियो । सन् २०१८ मा ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवातत गरेको हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले बताए।

यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको बताउँदै उनले हाम्रो पात्रो प्रयोगकर्ताप्रति आभार ब्यक्त गरेका छन् । 

‘डाउनलोडका संख्या हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्नेछौ,’ उनले भने । 

सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको सिईओ उप्रेतीले जानकारी दिए।