close

विराटनगर आफ्नै लाेगाे बनाउँदै

विराटनगर आफ्नै लाेगाे बनाउँदै

Trulli
ADVERTISEMENT

मोरङ । मोरङको विराटनगर महानगरपालिकाले महानगरपालिकाको प्रतिक चिन्ह(लोगो) बनाउने भएको छ ।

त्यसको लागि लोगो डिजाइन गर्न इच्छुक व्यक्ति वा संस्थालाई लोगो बनाउन नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै अनुरोध गरेको हो ।  

महानगरपालिकाको लोगोमा हुनुपर्ने विशेषताको शर्त अनुसार प्रतिक चिन्ह बनाउन पर्ने छ । उक्त लोगोलाई २१ दिनभित्र महानगरमा प्रत्यक्ष उपस्थित भएर वा इमेलमार्फत पेश गर्न सकिने छ ।   

प्राप्त लोगोमध्ये उत्कृष्ठ लोगोलाई महानगरको लोगोको रुपमा प्रयोग गर्नुका साथै लोगो तयार गर्नेलाई रु एक लाख पुरस्कार प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।