close

चुनावभरि धादिङमा मदिरा विक्री र सेवनमा राेक

चुनावभरि धादिङमा मदिरा विक्री र सेवनमा राेक

Trulli
ADVERTISEMENT

चुनावको समयमा धादिङमा मदिराजन्य सामाग्री खरिद तथा वितरण निषेध भएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारि गर्दै मदिरा निषेध गरेको हो । कात्तिक ३० गतेदेखि मसिर ६ गतेको दिउँसो १२ बजेसम्म जिल्लाभरि मदिराको प्रयोग गर्न पाइने छैन । 

नीलकण्ठ नगरपालिकाको वडा नं ३ मा रहेको धादिङ बजार र गल्छी गाउँपालिकाको वडा नं ६ मा रहेको गल्छी बजार क्षेत्रमा भने निर्वाचनको मत परिणाम नआएसम्म मादक पदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ । 

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि मदिरा निषेध गरेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।