close

बाँकेमा ६४ हजार मत बदर

बाँकेमा ६४ हजार मत बदर

Trulli
ADVERTISEMENT

यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ ।

बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१ छ भने प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार एक सय ५६ बदर भएको छ । 

उता प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार दुई सय ७०  बरद हुँदा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार चार सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रत्यक्षतर्फ बाँकेको निर्वाचन क्षेत्र नं १ मा एक लाख २१ हजार एक सय मतदाता भएकामा खसेको मत ७५ हजार नौ सय ७४ थियो । खसेको मतमध्ये ७० हजार आठ सय ११ सदर भएको थियो भने पाँच हजार एक सय ६३ मत बदर भएको थियो । 

यस्तै, निर्वाचन क्षेत्र नं २ मा ९७ हजार आठ सय नौ मतदाता भएकामा ६७ हजार पाँच सय ११ मत खस्यो । खसेको मतमध्ये ६२ हजार ६ सय एक सदर भयो भने चार हजार नौ सय ५० बदर भयो । 

निर्वाचन क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् । जसमध्ये ७४ हजार एक सय ८२ मत खसेको थियो । खसेको मतमा ६९ हजार ७४ मत सदर हुँदा पाँच हजार एक सय आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले बताइन् । 

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा ७५ हजार सात सय ७२ मत खसेकामा ६९ हजार सात सय ५६ सदर भएको थियो । बाँकी पाँच हजार ७०७ मत बदर भयो । 

निर्वाचन क्षेत्र नं २ मा ६७ हजार आठ सय ९४ मत खसेकामा ६२ हजार पाँच सय ५३ मत सदर र पाँच हजार तीन सय ४१ मत बदर भएको छ । 

निर्वाचन क्षेत्र नं ३ मा ७४ हजार पाँच सय ३० मत खसेकामा ६९ हजार तीन सय आठ सदर र पाँच हजार दुई सय २२ बदर भएको छ ।