close

न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै महानगर

न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत २४ र २५ गते  न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्नको लागि महानगरपालिकाले सम्मेलन गर्न लागेको हो । 

सम्मेलनको तयारीका लागि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भएको महानगरपालिकाले जनाएको छ । । बैठकमा उपप्रमुख एवं मुल समारोह समितिकी संयोजक डंगोलले सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन् । 

सम्मेलनलाई नतिजामुखी बनाउने, प्राप्त उपलब्धीलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाइ प्रवर्धन गर्ने गरी सम्मेलन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारी बसन्त अधिकारीले जानकारी दिए । उनले कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन प्रस्तुतिको पहिलो विषय रहने बताए ।
 
उनले दोस्रो विषयका रुपमा स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्र्धन सम्बन्धी विषय राखिएको छ । न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रियाहरु तेस्रो प्रस्तुतिका रुपमा रहनेछ । यस्तै न्यायिक समितिमार्फत भएका मिलापत्र र निर्णयको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता तथा त्यसका लागि आवश्यक संस्थागत प्रवन्ध प्रस्तुतिको चौथो विषय रहने जानकारी दिए ।