close

उत्कृष्ट महिला उद्यमी र जेहेन्दार विद्यार्थी पुरस्कृत

उत्कृष्ट महिला उद्यमी र जेहेन्दार विद्यार्थी पुरस्कृत

Trulli
ADVERTISEMENT

ओखलढुंगा । मोलुङ गाउपालिकाले महिला उद्यमी र विपन्न परिवारका जेहेन्दारका विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पालिकाले उनीहरुलाई पुरस्कारसँगै सम्मान गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर ८ की उत्कृष्ट महिला उद्यमी आशा राई र वडा नम्बर ३ का जेहेन्दार विद्यार्थी रोहित भुजेललाई नगद पुरस्कारसँगै सम्मान गरेको हो । पालिकाका  उपाध्यक्ष उर्मिला खतिवडा अध्यक्षता र अध्यक्ष उत्तम राइको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ । 

 साथै गाउँपालिकाले सोही दिवसको अवसरमा  लोक गीत प्रतियोगिता गरिएको पालिकाले जनाएको छ । प्रतियोगितामा परिकल्पना स्वास्थ्य आमा समूह संजाल  प्रथम, शिवदुती स्वास्थ्य आमा समूह संजाल द्वितीय, कमलामाइ स्वास्थ्य आमा समूह संजाल तृतीय तथा त्रिवेणी स्वास्थ्य आमा समूह संजालले चौथों भएको पालिकाले जनाएको छ । 

  साथै म्युजिकल चेयर खेलमा मुना खतिवडा मोलुङ ४ ले प्रथम स्थान हासिल गरेका थिए ।