close

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको लागि योजना निर्माण कार्यशाला

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको लागि योजना निर्माण कार्यशाला

Trulli
ADVERTISEMENT

रसुवा। नौकुण्ड गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको लागि योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालामा नौकुण्ड गाउँ पालिकाको विगतको असल अभ्यास, अन्तर तथा चुनौती, गर्न चाहेको र नसकेको कार्यहरुको समीक्षा गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको योजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सोमबार गोसाइँकुण्ड होटल, कालिकास्थानमा उक्त कार्यशाला सम्पन्न भएको हो। युरोपियन युनियनको आर्थिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल ईन निड, सेभ र चिल्ड्रेन र स्कट विलसन नेपालको साझेदारीमा सञ्चालित प्रतिबद्ध परियोजना  र गाउँ पालिकाको समन्वयमा कार्यशाला सम्पन्न भएको हाे।  कार्यक्रममा गाउँपालिका र परियोजनाको सहकार्यमा सञ्चालन गरिने क्रियाकलाप र भूमिका समेत बाँडफाँड गरिएको जनाइएकाे छ ।

कार्यशालामा नौकुण्ड गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति, कम्प्युटर अपरेटर, कृषि शाखा प्रमुख, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख र प्रतिबद्ध परियोजनाका साझेदार संस्थाहरुका प्रतिनिधिहरु गरि १९ जनाको सहभागीता रहेको थियो ।  पालिकाका जनप्रतिनिधि र कर्मचारीले नौकुण्डलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा नमुना र अरुले समेत सिक्न सक्ने अवस्थामा पुर्याउन तथा विपद्  बाट हुनसक्ने  मानविय, आर्थिक र भौतिक क्षति न्यूनीकरण गर्नका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। यस कार्यमा परियोजनाको पनि निरन्तर सहयोगको लागि अनुरोध तथा अपेक्षा उनीहरुले राखेका थिए।