close

पार्टी प्यालेस र भ्वय् छेँसँग भक्तपुरको छलफल

पार्टी प्यालेस र भ्वय् छेँसँग भक्तपुरको छलफल

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाले  पार्टी प्यालेस र भ्वय् छेँ व्यवस्थापन समितिका प्रतिनिधिहरुसंग छलफलसँग छलफल गरेको छ । नगरपालिकाको वातावरण समितिको आयोजनामा छलफल गरेको हो । 

 
छलफलमा नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले व्यवसाय संचालन गर्दा शुद्ध नाफाको रुपमा काम गर्न निर्देशन दिएका छन् । उनले भक्तपुर नगरमा शिक्षा स्वास्थ्य अवलोकन गर्न पर्यटकहरु बढिरहेको पार्टी प्यालेस पनि अध्ययन अवलोकन गर्न आउने गरी व्यवस्थापन गर्नुपर्ने बताए । 

उनले भक्तपुरलाई सुक्ष्म तरिकाले विभिन्न निकायहरुबाट अध्ययन गरेपछि मात्र भक्तपुर राम्रो भनेर विभिन्न पत्रपत्रिकामा आएको बताउँदै गोप्य ढंगबाट अध्ययन गरिरहने भएकोले सबै पार्टी प्यालेसहरुले फोहरमैला व्यवस्थापन, ध्वनी प्रदुषण, शुद्ध खाना, चिटिक्क आकर्षण र हेर्न लायकको बनाई आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् नहोस् भन्नेमा सचेत रहनुपर्ने बताए  । 

 उनले पार्टी प्यालेसहरुको फोहर कुहिने र नकुहिने छुट्याएर भक्तपुरको मोडेल अनुसार मल बनाउनेमा सहयोग हुनुको साथै स्थानीय मौलिक बाजागाजा र गीतसंगित प्रर्बद्धन हुने गरी धिमेय्, बासुरी, नेवारी लोकगीतबाट मनोरञ्जन दिन सके पश्चिमेली झिलिमिलिबाट बचाई समाजलाई राम्रो बाटोमा लान सक्ने बताए। 

कार्यक्रममा वातावारण समितिका संयोजक रबिन्द्र ज्याख्वले पार्टी प्यालेसले हरियाली र बगैंचा, पार्किङ्ग, फोटो खिच्ने स्थल, ध्वनी प्रदुषणबाट मुक्त, पार्टी प्यालेस वारपर व्यवस्थापन र सिसि क्यामराको व्यवस्थापनमा संचालन र व्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताए । उनले भोजको फोहर कुकुर, हावाहुरीले उदाउने र दुर्घन्दित हुने भएकोले व्यवस्थापनका ध्यान दिन आग्रह गरे ।